यौन सम्बन्धी केही रोचक तथ्य

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । हाम्रा अन्य गतिविधिसँगै यौन पनि एक अभिन्न रहिआएको छ । स्वास्थ्यसम्बन्धी जानकारहरूका अनुसार स्वस्थ जीवन जिउनका लागि दालभात तथा अन्य पौष्टिक आहारसँगै स्वस्थ्य यौनको पनि आवश्यकता पर्दछ ।

मानव जीवनमा यौनलाई प्रकृतिले दिएको उपहारको रुपमा लिइन्छ । मानिसको विभिन्न उमेर समूहमध्ये किशोरावस्थामा यौन चाहनामा तीव्रता आउनुलाई सामान्य मानिन्छ । यौनका मामिलामा विश्वमा हरेक दिन एक न एक प्रकारका घटनाहरु घटिरहेका हुन्छन् ।

यौनको बारेमा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका केही रोचक तथ्यहरू यस्ता छन्-

➡️ विश्वभरमा दैनिक १० करोड मानिसले यौनसम्पर्क गर्छन् । कण्डम निर्माता कम्पनी डुरेक्सका अनुसार मानिसहरू औशत दैनिक ०.२८, हप्तामा १.९८ र वर्षमा १०३ पटक यौनसम्पर्क गर्छन् । गेडागुडी, फर्सीका बियाँ, केरा, स्ट्रबेरी, खरबुजा, आँप, एभोकाडो, खुर्सानी, मरिच, स्याम्पेन, चकलेटजस्ता खाद्य पदार्थले यौनक्षमता बढाउँछ ।

➡️ यौनसम्पर्क गर्दा महिलाको ७० देखि १२० क्यालोरी खर्च हुन्छ भने पुरुषको ७७ देखि १५५ क्यालोरी खर्च हुन्छ ।

➡️ यौनसम्पर्क गर्न अमेरिकी र ग्रीक नगरिकहरू सबैभन्दा अगाडि देखिएका छन् । अमेरिकीले एक वर्षमा १२४ पटक र ग्रीकले एक वर्षमा ११७ पटक यौनसम्पर्क गर्छन् ।

➡️ भारतीयले ७६ पटक र जापानीले ३६ पटक यौनसम्पर्क गर्ने अध्ययनले देखाएको छ । अध्ययनले एक वर्षमा पुरुष सपना देखेर नौ पटक उत्तेजित हुने देखाएको छ ।

➡️ सन् २००४ मा पोर्न स्टार लिसा स्पाक्र्सले २४ घण्टामा ९१९ जनासँग सेक्स गरेर रेकर्ड नै कायम गरेकी थिइन् । विश्वभर ४२ लाख पोर्न वेबसाइट रहेको तथ्याङ्क अनुसन्धानबाट देखिएको छ । त्यसमा दशौँ लाख सेक्ससम्बन्धी भिडियो राखिएका छन् ।

➡️ प्राचीन संस्कृत पुस्तक ‘कामसूत्र’मा विभिन्न ८४ सेक्स आसन उल्लेख गरिएको छ । यसलाई भारतको खजुराहो र कोर्नाक मन्दिरमा चित्रित गरिएको पाइन्छ । केही अफ्रिकी देशहरुमा अहिले पनि कुमारी केटीसँग सेक्स गरे एड्स निको हुन्छ भन्ने अन्धविश्वास रहेको छ ।

  • एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?