जाजरकोटका भूकम्प पीडित खुला आकाशमुनि रात बिताउन बाध्य (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 2 mins

जाजरकोट । शुक्रबार रातिको भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पूर्णरुपमा क्षतिग्रस्त घरमध्ये ९०७ वटा जाजरकोटका हुन्।

अहिले सम्म भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्‍चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएको छ । जाजरकोट को सदरमुकाम खलंगामा भुकम्प पीडितहरु अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन्। शुक्रवार राति देखि नै जाजरकोटका नागरिकले खुला आकाशमुनि रात बिताउदै आएका छन् ।

प्रभावित क्षेत्रका अधिकांश घरमा क्षति पुगेको छ। कतिपय घर ढलेका छन् त कतिमा चिरा चिरा परेको छ। पटक(पटक गइरहेको परकम्पले पनि मानिसहरु घरभित्रै बस्न सकेका छैनन्।

राहतका सामान आउने क्रम जारी छ र केही ठाँउमा राहतको त्रिपाल पुगे पनि अधिकांश ठाउमा पिडितहरु खुला आकाशमुनि विना त्रिपाल र कति ठाँउमा आगोको भरमा रात बिताउनु पर्ने बाध्यता छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?