रुपन्देही । लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राखेको छ । एकिकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्नेगरी कार्यक्रम तर्जुमा गरिने भएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदाय स्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउने सम्मका योजना अघि सारिने बताउनु भयो । बाणगंगा नगरपालिका-८ मधवुन कपिलवस्तु स्थित भागीरथी गौ-संरक्षण विकास केन्द्रको आइतबार अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले छाडा पशुचौपायाको दिर्घकालिन समस्या समाधान गर्नेगरी प्रदेश सरकारले नीति तर्जुमा गर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयाे, ‘उत्पादन दिन छाडेपछी पशुचौपायालाई छाडा छोड्ने समस्या बढ्दो छ । यसरी छाडिएका पशुचौपायाका कारण समुदायमा किसान र स्थानीयलाई हैरानी हुने, लगाएका खाद्यन्न, तरकारीबालीमा हानी नोक्सानी गर्ने, सडक दुर्घटना भएको अवस्था पनि छ’ उहाँले भन्नुभयो,‘समुदायको परिचालन र सक्रियाताबाट छाडापशु चौपायाको नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण यो गौशालाले दिएको छ ।’
गौशालामा पालिएका पशुचौपायाबाट दुध उत्पादन बढाउन सकिने, गाईको गोवर, पिसाव संकलन गरेर प्राकृतिक मल बनाउन सकिने भएकाले यसखाले परियोजना सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । ‘यहाँहरुले थाल्ने नविनतम काममा प्रदेश सरकारले साथ दिन्छ । अहिले यहाँहरुले उठाएको सिंचाई र खानेपानीको समस्या समाधान गर्न आगामी बर्षको बजेट निर्माण गर्दा ध्यान दिन्छौं’ उहाँले भन्नुभयो,‘समुदायको सक्रियताबाटनै रचनात्मक कामहरु गर्न सकिन्छ । प्रदेश सरकारले समुदाय परिचालनमा समेत जोड दिएको छ ।’
लुम्बिनी प्रदेशका तराईका जिल्लाहरुमा छाडा पशुचौपायाको समस्या बढ्दो छ । हरेक जिल्लामा गौशाला समेत निर्माण गरिएका छन् । ति गौशालाको संरक्षण र विकास गर्दै छाडा पशु चौपायालाई पनि उत्पादन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाउने तयारी गरेको हो । गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिंचाई गर्न असुविधा भएको भन्दै बजेट विनियोजन गर्न भागीरथी गौ-संरक्षण विकास केन्द्रका अध्यक्ष चक्रबहादुर भण्डारीले अनुरोध गर्नु भएको थियो । हाल गौशालामा करिब एक सय ५० गाई, गोरु, बाच्छाबाच्छी पालिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच