भोजपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अहिलेको गठबन्धन सरकार नढल्ने बताउनु भएको छ ।
संखुवासभाको सदरमुकाम खाँदबारीमा मंगलबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने दावी गर्नु भएको हो । मुलुकका दुई ठुला दलको गठबन्धनको सरकार भएकाले कसैले चाहँदैमा नढल्ने मन्त्री खडकाको भनाई छ ।
'सरकार ढल्दै छ भन्ने बजारमा हल्ला सुनिन्छ। कहिले भारतबाट फर्किएपछि ढल्छ, कहिले चीनबाट फर्किएपछि ढल्छ भनेको सुन्छु। यो सरकार ढल्दैन। हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्दछु। यो सरकार आगामी निर्वाचन ०८४ सम्म जान्छ, ढुक्क रहन सबैमा आग्रह गर्दछु,' मन्त्री खड्काले भन्नुभयो, 'कांग्रेस र एमालेको आलोपालो सरकार हो, त्यसैले टिक्छ। सरकारको विकल्प भनेको निर्वाचन हो।'
मितेरी पुल र किमाथांकादेखि खाँदबारीतर्फ आउने सडक निर्माणका लागि चीन सरकारले सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा समझदारी बनेको मन्त्री खड्काले बताउनुभयो। मन्त्री खड्काले संखुवासभाको उत्तरी क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त भएको धारणा राख्नुभयो ।
मन्त्री खड्का सोमवार गृह जिल्ला संखुवासभा आउनु भएको थियो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच