झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई २०८४ को चुनावको चिन्ता नभई नेपाल र नेपालीको चिन्ता भएको बताउनु भएको छ ।
आज पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको कचनकवल-सगरमाथा अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
महामन्त्री शर्माले जीवन पद्धतिलाई बुझेर संविधान संशोधन गरिने बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैँ ८७ मा संविधान सम्शोधन गर्ने भन्ने कुरा मान्न नसकिने स्पष्ट पार्नु भयो ।
'प्रधानमन्त्रीले 0८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नू भएको मैले सुने' उहाँले भन्नुभयो,'एमालेको बैठकमा प्रधानमन्त्रीलाई त्यो भन्ने छुट छैन, कांग्रेसलाई पनि छैन, सात बुँदे सहमति गरेका कांग्रेस र एमालेको सहमतिमा मात्रै भन्न सकिन्छ '
संविधान संशोधन गर्न संख्या पुग्दैन भन्ने हो भने माओवादीसँग पनि कुरा गर्न सकिने तर पार्टी बैठकमा कसैले पनि भन्न नमिल्ने उहाँले बताउनुभयो ।
एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्दै मंगलबार प्रधानमन्त्री ओलीले तत्काल संविधान संशोधन नहुने बताउँदै ‘संविधानमा केही त्रुटि छन्, संशोधन गर्नुपर्नेछ । तर ०८७ मा मात्रै हुन्छ ’ भन्नुभएको थियो । प्रधानमन्त्री ओलीले अहिले राष्ट्रिय सभामा आफ्नो दलको बहुमत नभएको जनाउँदै ०८७ सालमा मात्रै बहुमत पुग्ने र संविधान संशोधन पनि त्यसैबेला हुने बताउनु भएको थियो ।
अभियानमामा सरिक कांग्रेस कार्यकर्तालाई गाउँगाउँ पुगेर संविधान संशोधनको भावना समेट्न महामन्त्री शर्माले आग्रहसमेत गर्नुभयो । अभियानलाई पार्टीको अवस्था र सोच बदल्ने अभियानका रूपमा बुझेर अगाडि बढ्न उहाँले सुझाव दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच