गर्भवती महिलाको हिलोकोप्टरमार्फत् उद्धार

फाईल तस्बिर

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाकोे मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका-७ रोडीकोट गाउँका वर्ष ३२ का धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । ३ दिन देखि उच्च रक्तश्रावबाट थलिएपछि स्थानीय अस्पतालमा शाहीको उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।

गर्भअवस्थामै लगातार अत्याधिक रक्तस्राव भइरहेको कारण शाहीको अवस्था गम्भीर भएपछि जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताउनुभयो । उच्च रक्तस्रावले थलिएकी शाहीको आईतबार रातीबाट अबस्था चिन्ताजनक भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमि सरिता बोहराले बताउनुभयो । हेलिकोप्टरमा उद्धार गरी सुुर्खेत पुर्याए लगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार भईरहेकोे छ ।

उद्धारका लागि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शाहीको उद्धार भएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाहरूले राहत पाएका छन् । जनशक्ति र उपकरणको व्यवस्था नहुदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकाका व्यथा लागेकी गर्भवती महिलाहरुका लागि यो कार्यक्रम वरदान सावित हुँदै आएको प्रमुख सिंहले बताउनुभयो ।

बर्षमा उनिसहित ८ जना महिलालाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?