भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भेटघाट र बजारको हल्लाले प्रभावित नहोस्: महामन्त्री थापा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गर्नुभएकाे छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उहाँले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्लाले पनि प्रभावित नहोस् भन्नुभएकाे छ ।

दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताउँदै उहाँले भन्नुभयाे, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । र कुनै पनि भेटघाट पनि प्रभावित नहोस् । कुनै पनि दबाब र प्रभावले प्रभावित नहोस् ।’

अनुसन्धान फ्रि र फियर हुनुपर्ने र कुनै पनि दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने बताउँदै थापाले भन्नुभयाे, ‘निर्दोष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाइँको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको कामप्रति उहाँले धन्यवाद पनि दिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?