मलेसियाली गृहमन्त्री सैफुद्दिनको औपचारिक भेटवार्ता आजबाट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आउनुभएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने हुनुभएको छ ।

बिहीबार साँझ नेपाल आउनुभएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग पनि सम्वाद गर्न सक्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?