काठमाडौं । ट्रिटन इन्टरनेसनल कलेजले इन्टरेक्ट च्यारिटी खुला टी-१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै ट्रिटनले ५० हजार नगद पुरस्कार पायो ।
हात्तीवनस्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भएको फाइनलमा ट्रिटनले जेएमडीलाई २५ रनले पराजित गर्यो । ट्रिटनले निर्धारित १० ओभरमा ११५ रन जोडेको थियो । जेएमडी ९० रनमा समेटियो । ट्रिटनका दीपेन्द्रसिंह ऐरी ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।
ट्रिटनका अमित श्रेष्ठ ‘म्यान अफ द सिरिज’, ट्रिटनकै रवि शाह उत्कृष्ट ब्याट्सम्यान र जेएमडीका सुमित झा उत्कृष्ट बलर चुनिनुभयो । चारदिने प्रतियोगितामा १२ टिम सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच