राजेश हमाल सद्गुरुको निम्तोमा बैंग्लोर प्रस्थान

Read Time = 2 mins

काठमाडौं । अभिनेता राजेश हमाल भारतीय आध्यात्मिक सेलिब्रिटी सद्गुरुको निम्तोमा बिहीबार बैंग्लोरतर्फ प्रस्थान गर्नुभएको छ । हमालसँगै गायक रवि ओड र भीवाइएफका सञ्चालक दशरथ सुनारसमेत हुनुहुन्छ ।

शनिबार सुटिङ हुने उक्त टक शोमा हमाल र सद्गुरुबीच नेपाल र भारतबीचको मित्रता, संस्कृति र अध्यात्मलगायतको विषयमा कुराकानी हुनेछ । भीवाइएफ टक शो योसँगै वैश्विक सेलिब्रिटीसँग कन्भर्सेसन पनि थालनी गर्दैछ ।

हमालले तमिलनाडुस्थित कोइमबतुर पुगेर योग तथा आध्यात्मिक व्यक्तित्व समेत रहेका सद्गुरुसँग एक टक शो छायांकन गर्नुहुनेछ । यो प्रतीक्षित टक शो उहाँको आश्रममा हुनेछ । धेरैअघिदेखि हमाल र सद्गुरुबीच संवादका लागि पहल भएको थियो । सद्गुरुको औपचारिक निम्तो आएपछि हमाल त्यसतर्फ लाग्नु भएको हो ।

यसैबीच, सद्गुरुले भदौ १७ गते नेपालमा प्रवचनसमेत दिने हुनुभएको छ । उक्त प्रवचनलाई नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बिहीबारै सम्झौता समेत भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?