काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३ हजार ४३१ जना सवारी चालकमाथि कारबाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा बिहीबार उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८७, लेन अनुशासन पालना नगर्ने १०३, रेड लाइटमा सवारी साधन चलाउने ७५, निषेधित क्षेत्रमा हर्न बजाउने २९१ र राम्रोसँग नम्बर प्लेट नराख्ने ३१ जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ७४४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच