विद्यार्थी आन्दोलन तीव्र बनेपछि धनगढीमा निषेधाज्ञा जारी

हिमालय टाइम्स
Read Time = 2 mins

धनगढी । बालिकालाई च्यापेर  मार्ने ग्रेडर चालकलाई कारबाहीको माग गर्दै सुरु भएको विद्यार्थीको आन्दोलन तीव्र बनेपछि जिल्ला स्थानीय प्रशासनले धनगढीमा निषेधाज्ञा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाद्वारा जारी गरिएको निषेधाज्ञा प्रशासनले धनगढीको पुरानो फुलबारी बसपार्कदेखि रातो पुलसम्म तथा सामुदायिक प्रहरी केन्द्र हसनपुरदेखि वडा नम्बर १ र २ स्थित हुलाकी राजमार्गसम्म  लागू गरिएको छ ।

निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी व्यक्ति एकै साथ आवतजावत, भेला, घुमफिर गर्न र सवार चालाउन पाउने छैनन् ।

बिहीबार बिहान कालिका कन्स्टक्सनको ग्रेडरले हसनपुरमा ठक्कर दिँदा पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय चेतना साउदको मृत्यु भएको थियो । ग्रेडरले बालिकालाई टक्कर दिएपछि ब्याक गरेर मारेको भन्दै बिहानैदेखि विद्यार्थी आन्दोलित बनेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?