ऐतिहासिक निशान मन्दिरको उद्घाटन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुर कारागार परिसरमा रहेको ऐतिहासिक निशान भगवती मन्दिरको उद्घाटन भएको छ । सेनाको पहलमा पुनः निर्माण भएको मन्दिरको सहायक रथी मनोज कुमार थापाले उद्घाटन गर्नु भयो ।

नेपाल एकिकरणको समयमा पृथ्वीनारायण शाहले १८२६ तिर स्थापना गरेको यो मन्दिरको नेपाली सेनाको पहलमा पुन निर्माण गरिएको हो । मन्दिरको २१ लाख २६ हजार चार सय ५४ रुपैँया बरावरको लागतमा पुन निर्माण गरिएको भोजपुरमा रहेको फष्ट राइफल गणका गणपति विश्वनाथ तिमल्सिनाले बताउनुभयो ।

नेपाली सेनाबाट १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्थ तथा मन्दिर व्यवस्थापन समिति ५ लाख ४५ हजार र बाँकी गणको आन्तरिक श्रोतबाट खर्च गरिएको गणपति तिमल्सिनाको भनाई छ । सेना दिवसको अवसरमा मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी थापाले सेनाले पौराणीक महत्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरिएको बताउनुभयो ।

तत्कालिन अवस्थामा रहेको निशान सेनाको गुल्मले भोजपुरबाट सिरहा जिल्लामा निशान लैजान हेलिकप्टरमा चढाईसके पश्चात हेलिकप्टर स्टार्ट नभएकोले निशान पुनः हेलिकप्टरबाट ओराली विधिवतरुपमा पुजा गरी निशान फेरि मन्दिरमा नै स्थापना गरेपछि हेलिकप्टर उडेको थियो । तीन पटकको प्रयास पछि क्षमा पुजा गरेर मात्र निशान अन्यत्र सारिएको थियो

गरुड दल गुल्म रहँदासम्म यहाँ भव्यरुपमा पुजा आजा हुने गरेपनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुदै आएको स्थानीयको धारणा छ । मन्दिरमा पुन चाँडै निशान भगवती स्थापना गरिने भएपछि स्थानीयमा पनि उत्साह बढेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?