भोजपुर गोल्डकप : सोमवार खोटाङको भगवती र धनकुटाको राजारानी भिड्दै

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । भोजपुरमा सुरु भएको सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत सोमवार खोटाङकाे भगवती स्पोर्टस क्लब र धनकुटाको राजारानी फुटबल क्लब भिड्दै छन् । भोजपुर नगरपालिका वडा नम्वर सात, कोदार रंगशालामा दिउँसो तीन बजे दुवै टिमका बिच प्रतिस्पर्धा हुने छ । प्रतिस्पर्धाबाट बिजेता बनेको टिमले आइतवार भएको पहिलो खेलको बिजेता त्रिभूवन आर्मी क्लबसँग सेमिफाइनल खेल्ने छ । त्रिभुवन आर्मीले भारतको जर्जियत फुटवल क्लवलाई शुन्यका बिरुद्ध चार गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टिमले सहभागिता जनाएका छन् । भोजपुर जिल्ला फुटवल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडाैं, चर्च व्बाइज युनाइटेड काठमाडाैं, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटवल संघले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधीसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?