सिलिचुङका पदाधिकारीको सपथ ग्रहणसहित पद बहाली

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । खानेपानी ब्यवस्थापनको जिम्मेवारी पाएको सिलिचुङ खानेपानी मुल उपभोक्ता समिति भोजपुरका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सहित पद बहाली गर्नुभएको छ ।

निर्वाचित नौ सदस्यीय पदाधिकारीहरुलाई अघिल्लो समितिले सपथ ग्रहण सहित पद बहाली गराएको हो । आगामी तीन बर्षे कार्यकालका लागि गत असोज १९ गते समितिको बिद्यान अनुसार मुल कार्य समितिका लागि निर्वाचन गरिएको थियो ।

जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गर्दे नयाँ समितिलाई प्रमाण पत्र बितरण गर्दे सपथ ग्रहण र पद बहाली गरिएको छ । सोक्रममा निर्वाचन समितिका संयोजक सहित सदस्यहरुलाई कदर पत्र समेत प्रदान गरिएको छ ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दल, जनप्रनिनिधी, नागरिक समाज, उपभोक्ता हकहित मञ्च, पूर्व पदाधिकारीहरु, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

निर्वाचनबाट तुफान किरातको अध्यक्षतामा नयाँ समिति चुनिएको हो । समितिको उपाध्यक्षमा लिलामाया तामाङ, सचिव घमचन्द्र दाहाल, कोषाध्यक्ष कृष्णमाया तामाङ चयन हुनु भएको छ भने सदस्यहरुमा नारायण बहादुर कार्की, रमन राई, सुशिला तामाङ, कल्पना देवी तामाङ र देवी सुन्दास निर्वाचित हुनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?