बेइजिङमा पूर्वराष्ट्रपति जियाङको अन्तिम संस्कार सम्पन्न

Read Time = 1 min

बेइजिङ । चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको अन्तिम संस्कार सम्पन्न भएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा राष्ट्रपति सी चिनफिङको अगुवाइमा सिंगो पोलिट्ब्युरोले जियाङप्रति सम्मान प्रकट गरेको थियो । सो क्रममा सहरभरि साइरन बजाइएको थियो । जियाङकी पत्नी वाङ यपिङ हिृवलचेयरमा बसेर अन्तिम संस्कारमा सहभागी हुनुभएको थियो ।

१९९७ मा तेङ स्याओपिङको निधनपछि जियाङले ग्रेट हल अफ द पिपुलमा १० हजार मानिससामु ५० मिनेट तेङलाई सम्झिँदै भाषण गर्नुभएको थियो । जियाङलाई तेङले नै पार्टीको शीर्षस्थ नेतृत्वका लागि छनोट गर्नुभएको थियो । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?