पाल्पामा खन्ने क्रममा द्वन्द्वकालमा पुरिएका तोपका गोला भेटिए

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको तानसेनमा तीन सय बढी तोपका गोला भेटिएका छन् ।

यहाँको जिल्ला अस्पताल नजिकै गोलाखानामा घडेरी खन्ने क्रममा तीन सय ३० भन्दा बढी तोपका गोला भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको जग्गा रहेको ठाउँमा घडेरी खन्ने क्रममा पुराना तोपका गोला फेला परेका हुन् । सोही ठाउँमा सेनाले गेष्टहाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।

जेसिबी लगाएर घडेरी खन्ने क्रममा तोपका गोला फेला परेका हुन् । यहाँ एक रोपनी तीन दाम जग्गा नेपाली सेनाको रहेको छ ।

उक्त जग्गामा परापूर्वकालमा नेपाली सेनाले द्धन्द्धका बेला प्रयोग गरेका हातहतियार हुन सक्ने अनुमान गरिएको छ । बाइसे/चौबिसे राज्य एकीकरणको समयताका सो स्थानमा गोलखान रहेका कारण तोपका गोला फेला परेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपी यस विषयमा भने अनुसन्धान भइरहेको छ ।

फेला परेका तोपका गोलाहरुलाई नेपाली सेनाले सोही ठाउँमा संकलन गरेर राखेको छ । घडेरी खन्ने काम भइरहेकाले अझै गोलाहरु भेटिन सक्ने नेपाली सेनाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?