गुल्मीमा सशस्त्र प्रहरी बलको नवौं स्थापना दिवस मनाइयो

हिमालय टाइम्स
Read Time = 4 mins

गुल्मी । सशस्त्र प्रहरी बल, नेपाल नं।–३७ गुल्म हेडक्वाटर गुल्मीको नवौं स्थापना दिवस मनाइएको छ । मङ्गलबार विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं–५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक दिग विजय सुवेदीले स्थापना दिवसको उद्घाटन गनुभयो ।

सशस्त्र प्रहरी बल गुल्मीको गुल्मपति समेत भएर काम गरिसक्नुभएका सुवेदीले विपद् व्यवस्थापन तथा उद्वारका कार्यमा यहाँबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । ठुला दंगा व्यवस्थापनसँगै जिल्लाका विभिन्न स्थानमा भएका ठुला आगलागीका घटना तथा बाढी पहिरोका घटनामा मानवीय सुरक्षाका लागि बिशेष योगदान गरेको उहाँले उल्लेख गर्नुभयो ।

“यस अघि नेपालभरीका गुल्महरुमध्ये एक नम्बरको गुल्म भएको थियो ।” उहाँले भन्नुभयो, “बाहिनीको निरिक्षणमा अहिले पनि यस गुल्म लुम्बिनी प्रदेशका छ वटा गुल्महरुमध्ये एक नम्बरमा पर्छ ।” आगामी दिनमा पनि यस गुल्मीको गौरवलाई जोगाई राख्न आग्रह गर्नुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल नं–३७ गुल्म हेडक्वाटर गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक निवन कुमार खड्काले यस गुल्मको गरिमालाई कायम राख्ने बताउनुभयो । गुल्मपति खड्काले सबै पक्षलाई धन्यावाद ज्ञापन समेत गर्नुभयो ।

त्यस अवसरमा पूर्व गुल्मपतिलाई सम्मान गरिएको हो । उकृष्ट कार्य गर्ने सशस्त्र प्रहरी नायब निरीक्षक धुर्व प्रसाद भुषाल, सशस्त्र प्रहरी सहायक हवल्दार बसन्त बहादुर वस्नेत र सशस्त्र प्रहरी सहायक हवल्दार योगेन्द्र पोखरेललाई कदर पत्र तथा पुरस्कार भुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण गरिएको छ ।

गुल्मी जिल्लाका सुरक्षा समितिका पदाधीकारी तथा सबै पक्षको आतिथ्यता रहेको स्थापना दिवसमा विभिन्न खेलकुद प्रतियोगितामा प्रथम हुने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण गरिएको हो । दिवसको अवसरमा सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगितामा सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन थापा र सशस्त्र प्रहरी सहायक हवल्दार टेक प्रसाद बुढा, व्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी वरिष्ठ हवल्दार छब्बा थारु र सशस्त्र प्रहरी जवान महेन्द्र थापा प्रथम हुनुभएको छ ।

म्युजिकल चियर प्रतियोगिता सशस्त्र प्रहरी जवान प्रविना मल्ल, टेबुलटेनिस खेलकुद प्रतियोगितामा सशस्त्र प्रहरी जवान ढाल बहादुर खत्री क्षेत्री, बोरा दौड प्रतियोगितामा सशस्त्र प्रहरी जवान नविन श्रीस, घंैटो फोड प्रतियोगितामा सशस्त्र प्रहरी परिचर पुर्ण बहादुर थापा प्रथम हुनुभएको छ । त्यस्तै, स्थापना दिवसका अवसरमा रेसुङ्गा नगरपालिका १२ घोर्ले स्थित भगवती मन्दिर सरसफाई समेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?