काठमाडौं । श्री सञ्जय साई बाबाको ३५औं शुभ जन्मोत्सवको अवसरमा देशभर विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन् । यसै शिलशिलामा श्री सञ्जय साई सेवा अर्गनाइजेसन काठमाडौं केन्द्रीय कार्यालयले शीतलहर र जाडो मौसमलाई मध्यनजर गर्दै विशेषगरी तराई क्षेत्रका चितवन, भैरहवा, रूपन्देही, सुनसरी, कटाहारी, विराटनगर, पर्साका साथै पाल्पा, मकवानपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लाका विभिन्न स्थानमा वृद्ध आश्रम, बाल आश्रम, मठमन्दिर सडक र पाटीमा बसेर रात काट्न बाध्य गरिब असहाय, विपन्न वर्गका परिवारलाई लक्षित गरेर प्रतिपरिवार एक थानका दरले तीन हजार थानभन्दा बढी न्यानो कम्बल वितरण गरेको छ ।
श्री सञ्जय साई बाबाको ३५औं शुभ जन्मोत्सवको पावन अवसरमा पुस २ गतेदेखि हरेक दिन बृहत् ३५ दिने परोपकारी मानवीय सेवामूलक कार्यक्रम सञ्चालन भइरहेका छन् । उहाँको ३५आंै जन्मोत्सव माघ ६ गते शुक्रबार काठमाडौंको सानो गौचरन खेलकुद मैदानमा एक विशेष समारोहको आयोजनागरी मनाइँदै छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यतित्वको उपस्तिथिति रहने संस्थाका अध्यक्ष अम्बिर केसीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच