काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको दोहा जाँदै हुनुहुन्छ ।
यही फागुन २१ देखि २५ गतेसम्म आयोजित अति कम विकसित मुलुकहरू (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।
नेपालले यसवर्ष अति कम विकसित देशहरू (एलडिसी)को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच