श्रीलंकामा राष्ट्रपतिलाई संसदप्रति जवाफदेही गराउन संविधान संशोधन हुँदै

Read Time = 1 min

कोलम्बो । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफ्नो सरकारले राष्ट्रपति र मन्त्रिपरिषद्लाई संसदप्रति जवाफदेही बनाउन संविधान संशोधनको काम गरिरहेको बताएका छन् ।

श्रीलंकामा आर्थिक संकटबीच विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शनबीच पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएका छन् ।

महिन्दा राजापाक्षेत्रको राजीनामापछि राष्ट्रपति गोटाबाय राजापाक्षेले विक्रमासिंघेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । विक्रमासिंघेले संकट समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘हामीले प्रस्ताव गरेका नयाँ प्रणाली अनुसार राष्ट्रपति संसदप्रति उत्तरदायी हुनेछन्। मन्त्रीहरूको मन्त्रिपरिषद् पनि संसदप्रति उत्तरदायी हुन्छ’, विक्रमासिंघेले राष्ट्रका नाममा टेलिभिजन सम्बोधनमा भने । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?