काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगको साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले नयाँ सिजनको लिगमा लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा मच्छिन्द्र जावलाखेल क्लबसँग पराजित भएको थियो । च्यासल मैदानमा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले मच्छिन्द्रलाई २-० गोलअन्तरले पराजित गर्यो ।
आर्मीको जितमा दिपक गुरुङ र नवयुग श्रेष्ठले एक-एक गोल गर्नुभयो । जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । आर्मीले पहिलो खेलमा संकटा क्लबसँग बराबरी खेलेको थियो । हारसँगै मच्छिन्द्रको भने कुनै अंक छैन ।
बिहीबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले लगातार दोस्रो जित हात पार्नेक्रममा न्युरोड टिम (एनआरटी) लाई २-१ गोलअन्तरले पराजित गरेको छ । जावलाखेलको जितमा कप्तान सिमन्त थापा र फोडे फोफानाले गोल गर्नुभयो । एनआरटीका सञ्जित विष्टले एक गोल फर्काउनुभयो ।
६८औँ मिनेटमा कप्तान सिमन्त थापाले गोल गर्दै जावलाखेललाई १-० को अग्रता दिलाउनुभएको थियो । ७७औँ मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पार्नुभयो । जन्मजय धामीबाट बल खोस्दै समिराज थोकरले दिएको पासमा उहाँले गोल गर्नुभएको थियो ।
८०औँ मिनेटमा परिवर्तित खेलाडी सञ्जित विष्टले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउनुभयो । यस जितसँगै जावलाखेलको दुई खेलबाट ६ अंक पुगेको छ । लगातार दोस्रो हार बेहोरेको एनआरटीले अंकको खाता खोल्न सकेको छैन । एनआरटी पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग २–१ ले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच