Date:2017/10/17 |Tuesday

सानो राष्ट्र आइसल्याण्डको विश्वकप यात्रा

Posted on: October 11, 2017 | views: 33 |

रेक्जाभिक । निरन्तर मिहेनत र लगाव राखि राखे गरे के गर्न सकिन्न भन्ने सन्देश आइसल्याण्डले अर्काे वर्ष रसियामा हुने विश्वकपमा सोझै स्थान सुरक्षित गरेर प्रमाणित गरेका छन् ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकपमै सनसनीपूर्ण प्रदर्शन गरेको आइसल्याण्डले रसिया विश्वकपको लागि खेलिएको छनोट खेलमा पनि त्यस्तै जुझारु प्रदर्शन गर्दै विश्वकपमा स्थान मात्र बनाएन समूहमा पनि शीर्ष स्थानमा रहन सफल भयो । विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकपमा स्थान बनाउन सबैभन्दा जनसंख्याको आधारमा सानो राष्ट्र बनेको आइसल्याण्डले समूह ‘आई’ को छनोटको अन्तिम खेलमा कोसोभोलाई २–० ले पराजित ग¥यो । 

आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन लाख ३५ हजार मात्रै छ । आइसल्याण्डले सन् २०१६ को युरोकपमा पनि सनसनीपूर्ण प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म स्थान बनाएको थियो । क्वार्टरफाइनलसम्म पुगेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा  इंग्ल्याण्डलाई पराजित गरेको थियो । आइसल्याण्डको जितमा ४० औं मिनेटमा गिल्फी सिगुडसन र ६८ औं मिनेटमा योहान गुडमन्डसनले गोल गरे । आइसल्याण्डले छनोट चरणका १० मध्ये ७ खेलमा जित निकाल्यो । दुईमा हार र एक बराबरी खेलेको थियो । 

यस्तै समूह ‘आई’ अन्तर्गत राति नै भएको खेलमा युक्रेनलाई २–० ले हराएको क्रोएसियाले प्ले–अफमा स्थान बनाएको छ । अर्को खेलमा टर्की र फिनल्याण्डले २–२ को बराबरी खेले ।

विश्वकप छनोटमा आइसल्याण्डको नतिजा

युक्रेनविरुद्ध आइसल्याण्ड १–१

आइसल्याण्डविरुद्ध फिनल्याण्ड ३–२

आइसल्याण्विरुद्ध टर्की २–०

क्रोएसियाविरुद्ध आइसल्याण्ड २–०

कोसोभेविरुद्ध आइसल्याण्ड १–२

आइसल्याण्डविरुद्ध क्रोएसिया १–०

फिनल्याण्डविरुद्ध आइसल्याण्ड १–०

आइसल्याण्डविरुद्ध युक्रेन २–०

टर्कीविरुद्ध आइसल्याण्ड ०–३ 

आइसल्याण्डविरुद्ध कोसोभो २–० 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं