23rd October | 2018 | Tuesday | 10:57:45 AM

खड्कालाई पाँचौं डान

  POSTED ON : Sunday, 07 January, 2018 (3:43:08 PM)

खड्कालाई पाँचौं डान

हिमालय टाइम्स

काठमाडौं । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघका वरिष्ठ उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक विसनसिंह खड्कालाई पाँचौं डानको प्रमाण पत्र शनिबार प्रदान गरिएको छ । भारतको नयाँदिल्लीमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा उत्तीर्ण हुँदै खड्का पाँचौं डानमा पदोन्नति भएका हुन् ।

संघकै आयोजनामा भएको छैटौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको समापन कार्यक्रममा गोजुरियो केन्वाकाइका संस्थापक जापानका हान्सी अकिओ ताकाहासीले खड्कालाई पाँचौं डानको प्रमाण पत्र हस्तान्तरण गरे । खड्का दक्षिण एसियाली केन्वाकाईका प्रमुख प्रशिक्षक, विश्व गोजुरियो कराते र एसियाली गोजुरियो कराते महासंघका रेफ्री तथा एसियाली कराते महासंघ (एकेएफ) का जज हुन् ।


Views: 48