20th September | 2018 | Thursday | 10:09:24 AM

इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएसियाले निकाल्यो ऐतिहासिक सफलता

  POSTED ON : Thursday, 12 July, 2018 (11:16:46 AM)

इंग्ल्यान्डलाई पराजित गर्दै क्रोएसियाले निकाल्यो ऐतिहासिक सफलता

एजेन्सी । रसियामा जारी विश्वकप २०१८ बुधबार राति भएको दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई हराएको छ । यो जितसँगै क्रोएसियाले विश्वकप फुटबल ऐतिहासिक सफलता हात पारेको छ। 

२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्दै क्रोयसियाले इतिहास रचेको हो। 

दोस्रो सेमिफाइनलमा क्रोएसियाले इंग्ल्यान्डलाई २–१ गोलले पराजित गरेर विश्वकपमा पहिलोपटक फाइनलमा स्थान बनाएको हो।

 क्रोएसिया यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको थियो । पहिलो पटकको विश्वकप खेल्दै उसले सनसनी मच्चाएको थियो । यसपटक फाइनलमा भने पहिलोपटक पुगेर उसले ऐतिहासिक जित तय गरेको हो ।

खेलको १०९ मिनेटमा मारियो मान्डुकिचले गरेको गोल क्रोएसियाका लागि निर्णायक बन्यो । निर्धा्रित समयमा खेल बराबरी टुंगिएपछि अतिरिक्त समय थपिएको थियो । ९० मिनेटको समयसम्म दुवै टिम एक–एक गोलको बराबरीमा रोकिएका थिए । त्यसपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो तर थपिएको समयमा इंग्ल्यान्डले कुनै गोल गर्न सकेन ।

इंग्ल्यान्डका किएरन ट्रिपिएरले खेल सुरू भएको ५ मिनेटमै फ्रिकिकमार्फत उत्कृष्ट गोल प्रहार गर्दै टोलीलाई अग्रता दिलाएका थिए । क्रोएसियाका लागि भने इभान पेरिसिकले ६८ औँ मिनेटमा गोल फर्काउँदै बराबरी गरेका थिए । 

खेलको म्यान अफ द म्याच पेरिसिक घोषित भए ।

अब विश्वकप उपाधिका लागि क्रोएसियाले आइतबार फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।  


Views: 0