25th August | 2019 | Sunday | 5:23:21 PM

सोमपालको टोली फाइनलमा

हिमालय टाइम्स   POSTED ON : श्रावण २७, २०७६ (१०:५९ AM)

सोमपालको टोली फाइनलमा

काठमाडौं । नेपाली तीव्र गतिका बलर सोमपाल कामीले परिवर्तित खेलाडीका रूपमा फिल्डिङमा मात्रै मौका पाएको खेलमा उनको टोली विनिपेग हक्स ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो क्वालिफायर खेलमा ब्राम्प्टन वल्भ्सलाई ७ विकेटले पराजित गर्दै हक्स उपाधि नजिक पुगेको हो । हक्सले उपाधिको लागि आइतबार राती भान्कुभर नाइट्ससँग खेल्नेछ । नाइट्सले पहिलो क्वालिफायरमा ब्राम्प्टनलाई डकवर्थ लेविस पद्धतिको आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

ब्राम्प्टनले दिएको २ सय १ रनको लक्ष्य हक्सले अन्तिम बलमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । हक्सका लागि शैमान अनवारले २३ बलमा ६ चौका र ४ छक्कासहित ५२ रन जोडे । त्यस्तै जेपी ड्युमिनी ३४ बलमा समान ३ चौका र छक्कासहित ५० रन बनाए । ब्राम्प्टनका लागि वहाव रियाज,जहुर खान र शाहिद अफ्रिदीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको ब्राम्प्टनले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनाएको थियो । उसका लागि कप्तान डरेन सम्मीले ३३, जर्ज मुन्से २२, रोहन मुस्तफा १४, बाबर हायत र शहिद अफ्रिदी समान ३२ रन जोडेका थिए ।

हक्सका लागि कप्तान रायद इम्रिटले ३ तगा कलिमा सेना २ विकेट लिए । हक्सले सोमपाललाई भने बेन्चमा राखेको थियो । यद्यपी सोमपालले वैकल्पिक फिल्डरका रूपमा १९औं ओभरको पाँचांै बलमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको क्याच समातेका थिए ।


Views: 108