कार दुर्घटनामा अभिनेता अर्नोल्ड

Read Time = 2 mins

एजेन्सी/ हलिउडको लोकप्रिय फिल्म ‘टर्मिनेटर’ फेम्ड अभिनेता अर्नोल्ड श्वार्जनेगर शुक्रबार मल्टी–कार एक्सिडेण्टमा पर्नुभएको छ । यो दुर्घटनामा एक महिला गम्भीर घाइते हुनुभयो भने अर्नोल्ड सकुशल हुनुहुन्छ । यो दुर्घटनाको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार यो दुर्घटना कुनै फिल्मको भयानक स्टन्टभन्दा कम थिएन ।

लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अफिसियल ड्रेक मेडिसनका अनुसार साँझ ४ बजेर ३५ मिनेट जाँदा सनसेट र एलेन फोर्डमा चार कार एकापसमा जुधेका थिए । दुर्घटनामा क्यालिफोर्नियाका पूर्वगभर्नरसमेत रहेका अर्नोल्डको एसयूभी कारको भित्र रहेको एयरब्याग खुलेका कारण उहाँलाई कुनै चोट लागेन । ७४ वर्षका अर्नोल्ड आफ्नो कालो युकोन कार चलाइरहनुभएको थियो । घाइते महिला भने रातो रंगको टोयोटा प्रियसमा सवार हुनुहुन्थ्यो । घटनाको प्रारम्भिक अनुसन्धानमा यो दुर्घटनामा अर्नोल्डको गल्तीका कारण भएको दाबी गरिएको छ ।

हालैमात्र अर्नोल्ड आफ्नो श्रीमती मारिया श्राइवरसँगको सम्बन्धविच्छेदका कारण चर्चामा हुनुहुन्थ्यो । अर्नोल्ड र मारियाको विवाहको ३५ वर्षपछि आधिकारिक रूपमै सम्बन्धविच्छेद भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?