कार दुर्घटनामा अभिनेता अर्नोल्ड

Read Time = 2 mins

एजेन्सी/ हलिउडको लोकप्रिय फिल्म ‘टर्मिनेटर’ फेम्ड अभिनेता अर्नोल्ड श्वार्जनेगर शुक्रबार मल्टी–कार एक्सिडेण्टमा पर्नुभएको छ । यो दुर्घटनामा एक महिला गम्भीर घाइते हुनुभयो भने अर्नोल्ड सकुशल हुनुहुन्छ । यो दुर्घटनाको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार यो दुर्घटना कुनै फिल्मको भयानक स्टन्टभन्दा कम थिएन ।

लसएञ्जल्स पुलिस डिपार्टमेन्टका अफिसियल ड्रेक मेडिसनका अनुसार साँझ ४ बजेर ३५ मिनेट जाँदा सनसेट र एलेन फोर्डमा चार कार एकापसमा जुधेका थिए । दुर्घटनामा क्यालिफोर्नियाका पूर्वगभर्नरसमेत रहेका अर्नोल्डको एसयूभी कारको भित्र रहेको एयरब्याग खुलेका कारण उहाँलाई कुनै चोट लागेन । ७४ वर्षका अर्नोल्ड आफ्नो कालो युकोन कार चलाइरहनुभएको थियो । घाइते महिला भने रातो रंगको टोयोटा प्रियसमा सवार हुनुहुन्थ्यो । घटनाको प्रारम्भिक अनुसन्धानमा यो दुर्घटनामा अर्नोल्डको गल्तीका कारण भएको दाबी गरिएको छ ।

हालैमात्र अर्नोल्ड आफ्नो श्रीमती मारिया श्राइवरसँगको सम्बन्धविच्छेदका कारण चर्चामा हुनुहुन्थ्यो । अर्नोल्ड र मारियाको विवाहको ३५ वर्षपछि आधिकारिक रूपमै सम्बन्धविच्छेद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण अर्जेन्टिना, फुटबलको गौरव र इतिहासको छायाँ रौतहटमा युवकद्वारा आत्मदाह प्रयास पर्याप्त वर्षापछि किसान खेतमा, गगटेमा रोपाइँले समात्यो गति (तस्बिरहरू) प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो