पुष्पाले बाहुबली २ को रेकर्ड तोड्ला ?

Read Time = 3 mins

मुम्बई । अल्लु अर्जुन अभिनित फिल्म पुष्पाः दि राइज पार्ट वान रिलिज भएको पहिलो दिन जम्मा ३ करोड ३३ लाख रुपैयाँ कलेक्सन भएको थियो । तर, अवस्था एकैनास भएन । पुष्पा दर्शकले रुचाए भने प्रतिस्पर्धामा अरू फिल्म आउन सकेनन्, आउने तयारीमा रहेकाहरू पनि रिलिज स्थगितको अवस्थामा पुगे । यसको फाइदा पुष्पालाई हुन पुग्यो । फिल्मले करिब ९० करोड रुपैयाँको सीमा पार गर्नै लागेको छ । पुष्पको यो सफलताले यसको सिक्वेल चर्चाले अहिलेदेखि नै उचाइ लिन थालेको छ ।

फिल्मको सिक्बेल छिट्टै नै फ्लोरमा जाने तयारीमा छ । ‘पुष्पा २ : दि रुल’ छिट्टै नै सुटिङमा जाने तयारीमा छ । भारतीय सञ्चारमाध्यमले उल्लेख गरेनुसार फिल्मको काम मार्च वा अप्रिलमा सुरु हुनेछ । २०२२ मा फिल्म हलमा भने रिलिज नहुने साहले बताउनुभएको छ । शाहले भन्नुभएको छ, ‘सायद यो २०२३ मा रिलिज हुनेछ ।’ 

फिल्मको सुटिङका लागि २ सय ५० दिन लाग्ने अपेक्षा गरिएको छ । पुष्पा : दि राइज पार्टका लागि २ सय १० दिन लागेको थियो । त्यसैले फिल्म रिलिजको मिति सुटिङमा लाग्ने समयले निर्धारण हुनेछ । फिल्मका ट्रेड एनलिष्टलाई मान्ने हो भने यसको सिक्वेलले जबरजस्त कमाइ गर्नेछ । के बाहुबली २ को रेकर्डलाई यसलाई तोड्न सक्ला ?

मनिष साहले भन्नुभएको छ, ‘त्यो सम्भावना छ । बाहुबलीको पहिलो भागको कलेक्सन १ सय २० करोड थियो । पुष्पाको ९३ देखि ९४ करोड हुँदैछ । अन्तर ३० प्रतिशत अन्तर हो यो । हामीले ५० प्रतिशत मिहिनेत ग¥यौं भने बाहुबली २ को रेकर्ड तोड्न सक्छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?