हाइब्रिड किया सोरेन्टो एसयुभी

Read Time = 1 min

काठमाडौं । कियाले नेपालमा हाइब्रिड किया सोरेन्टो एसयुभी सार्वजनिक गरेको छ । सात सिट क्षमताको १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो कुनै पनि भूभागमा पुग्न सक्ने ठूलो एसयुभीमात्र नभएर सफा र हरियाली भविष्यका लागि एउटा विकल्प रहेको कम्पनीको भनाइ छ ।

कारमा सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मोनिटर, लेन फ्लोइङ असिस्टलगायतका सुरक्षा सुविधा रहेको छ ।  सोरेन्टो हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार तोकिएको छ । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?