मिसेस क्यापिटल क्वीन नेपालको उपाधि लक्ष्मीलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । यस वर्षको मिसेस क्यापिटल क्वीन नेपालको उपाधि लक्ष्मी भुसालले पहिरिनु भएको छ । काठमाडौंमा सम्पन्न भएको प्रतियोगितामा उहाँले सो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको कार्यक्रममा विजेताको ताजसँगै लक्ष्मीले बैंकक टुर प्याकेजसमेत प्राप्त गर्नुभएको छ । उक्त प्रतियोगितामा रिद्धि शर्मा फष्ट रनर अप र विमला श्रेष्ठ सेकेण्ड रनर अप हुनुभएको थियो ।

विवाहित महिलाहरूको राष्ट्रिय स्तरको यो सौन्दर्य प्रतियोगिता छैटौं संस्करण हो । हिमानी सुब्बाको कोरियोग्राफीमा सम्पन्न सो कार्यक्रममा प्रतियोगीहरूले चियाबारी बोलको गीतमा आर्कषक नृत्यबाट कार्यक्रमको आरम्भ गरेका थिए, त्यसपछि लेहेंगा राउण्ड, प्रश्नोत्तर चरण पार गर्दै इभिनिङ गाउन चरणमा प्रतियोगीहरू सुन्दरता र बौद्धिकताको परिक्षण पार गर्दै आ-आफ्नो उपाधिको हकदार भएका थिए ।

अभिनेता तथा फिल्मकर्मी सिमान्त उदास, नायिका शुष्मा अधिकारी, मिस नेपाल आइडल २०१९ एवं भि.जे. निमा लमु शेर्पा, ब्युटिसीयन नेपाल २०२० सजना खतिवडा र मिसेस डिभा नेपाल-२०२३ सोनिका राई निर्णायक रहेको कार्यक्रममा शृंगार नृत्य समूह र स्पार्कल आर्ट एकेडेमीबाट कलाकारहरूले सांस्कृतिक कोसेलीहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विविध सवटाइटल अर्वाडहरूसमेत वितरण गरिएको थियो । जसमा मोष्ट इन्टिलिजेन्ट, वेष्ट फोटोजेनिक र पब्लिक भिडियो च्वाइस लक्ष्मी भुसाल, मोष्ट कन्फिडेण्ट रिद्धि शर्मा, मोष्ट डेडिकेट विमला श्रेष्ठ, मोष्ट डाइनामिक र मोष्ट पपुलर विष्णु तुम्बापो चेम्जोङ, मोष्ट स्मार्ट राधिका श्रेष्ठ, मोष्ट डिलीजेन्ट सोनी सिंह, वेष्ट डिसिप्लिन निशा तामाङ र वेष्ट पर्सनालिटी मनिका दास हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?