विदेशी ऋणमा नयाँ बेन्चमार्क दर कायम

Read Time = 4 mins

काठमाडौं । नेपाल राष्ट्र बैंंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ संशोधन गर्दै सोसम्बन्धी नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले लन्डन इन्टर बैंक अफ रेट (लिबोर) लाई खारेज गर्दै नयाँ बेन्चमार्क तोकेको छ । लिबोर १.२५ प्रतिशतको सट्टामा वन इयर बेन्चमार्क १.७५ प्रतिशत हुने व्यवस्था गरिएको छ । अमेरिकी डलरमा ल्याउने ऋणको बेन्चमार्कका लागि सेक्युअर्ड ओभरनाइट फाइनान्सियल रेट (एसओएफआर) हुने पनि राष्ट्र बैंकले जनाएको छ । 

ब्रिटिस पाउन्डमा ल्याइने ऋणका लागि स्टर्लिङ इन्टर बैंक एभरेज रेट (एसओएनआइए), स्विस फ्र्यांकमा आउने ऋणका लागि सिएचएफमा अंकित नयाँ ऋणका लागि स्विस एभरेज रेट ओभरनाइट (एसएआरओएन), जापानिज ऐन अर्थात् जेपिवाइमा अंकित नयाँ ऋणका लागि टोकियो ओभरनाइट एभरेज रेट (टिओएनए) र युरोमा अंकित नयाँ ऋणका लागि युरो सर्ट टर्म रेट (इएसटिइआर) लागू हुनेछ ।

साबिकको ऋण (सम्झौतामा तारिख ३१ डिसेम्बर २०२१) पश्चात् लिबोरको सट्टामा पलब्याक प्रोभिज व्यवस्था नभई त्यस्तो ऋण युएसडीमा अंकित भई लिबोर बेन्चमार्क व्याजदर ओभरनाइट १२ महिना अवधिको हकमा साबिकबमोजिम हुने उल्लेख छ । 

विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ ले विदेशी लगानीबापतको विदेशी मुद्रा भिœयाउने स्वीकृति तथा लेखांकन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखांकन गर्ने र विदेशी ऋणको साँवा तथा व्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्नेलगायतका विषयलाई व्यवस्थित तथा सहजीकरण गरेको छ ।

भर्चुअल करेन्सीमा संलग्न भए कारबाही 

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने भएको छ । क्रिप्टोकरेन्सी तथा पिरामिडमा आधारित नेटवर्किङ हाइपर फन्ड, जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबारमा संलग्न नहुन सचेत गराउँदै संलग्न भएको पाइएमा कारबाही हुने चेतावनीसमेत दिएको छ । भर्चुअल मुद्रा तथा नेटवर्किङ व्यवसायजस्ता गैरकानुनी वित्तीय औजारमा आबद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने राष्ट्र बैंकको भनाइ छ । नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरूले समेत यस्तो कार्य गरे÷गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?