भिल्लारियलमाथि लिभरपुलको शान

Read Time = 4 mins

लण्डन । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियलमाथि सहज जित निकालेको छ । यस सिजनमा युभेन्ट्स र बार्यन म्युनिखजस्तो बलियो टोलीलाई हराउँदै अघि बढेको भिल्लारियललाई लिभरपुलले २-० गोल अन्तरले पराजित गर्दै रोकेको हो ।

लिभरपुलको मैदानमा एनफिल्डमा बुधबार राति भएको खेलमा साडियो मानेले गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ५३औँ मिनेटमा पर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले १-० को अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै मोहम्मद सलाह र साडियो मानेले बल अघि बढाउँदै मानेले दोस्रो गोल गर्नुभयो ।

यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा यो सिजन चार उपाधि जित्ने आशा पनि जीवितै राखेको छ । लिभरपुलले लिग कपको उपाधि जित्दा च्याम्पियन्स लिगसँगै एफए कप र प्रिमियर लिगको उपाधि दौडमा रहेको छ ।

अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके लिभरपुल फाइनलमा पुग्नेछ । भिल्लारयललाई फाइनल पुग्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा पनि ३-० को जितको खाँचो छ । दोस्रो लेग भिल्लारियलको मैदानमा अर्काे साता हुनेछ ।

यस्तै, यसअघि नै सेमिफाइनलको पहिलो खेलमा म्यानचेष्टर सिटीले अर्को स्पेनिस महारथी रियल म्याड्रिडलाई पराजित गरिसकेको छ । सेमिफाइनल चरणको पहिलो लेगमा घरेलु मैदान इतिहाद रंगशालामा सिटीले म्याड्रिडमाथि ४-३ को रोमाञ्चक जित हात पारेको हो ।

सिटीको जितमा केभिन डे ब्रुएना, ग्याब्रिएल जेसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एकएक गोल गर्नुभयो । रियलका लागि फरवार्ड करिम बेन्जेमाले २ तथा भिनिसियस जुनियरले १ गोल फर्काएको थियो । अब यी दुईबीचको तेस्रो लेग अर्को साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा हुनेछ ।

इन्टर मिलान स्तब्ध
इता, इटालियन सिरी ए फुटबलमा इन्टर मिलान घरेलु टोली बोलोग्नासँग २-१ ले स्तब्ध बनेको छ । बोलोग्नाका मार्काे अर्नाउटोभिक र निकोला सानसोनले एक÷एक गोल गर्नुभयो । इन्टर मिलानका इभान पेरिसिसको एक गोल फर्काउनुभयो ।

खेलको तेस्रो मिनेटमा नै इभान पेरिसिसको गोलबाट इन्टरले अग्रता लिएको थियो । २९औँ मिनेटमा मार्काे एर्नाउटोभिकले मुसा बारोको पासमा हेडर गोल गर्दै खेलमा बराबरी गर्नुभयो । दोस्रो हाफको अन्त्यतिर निकोला सानसोनले विजयी गोल गर्नुभएको थियो ।

यो हारसँगै इन्टर मिलानले शीर्षस्थानमा उक्लने मौका गुमाउँदा दोस्रो स्थानमा यथावत रहेको छ । इन्टरको ३४ खेलबाट ६२ अंक रहेको छ । शीर्षस्थानको एसी मिलानको ७४ अंक छ । इन्टर मिलानलाई हराएको बोलोग्ना ४२ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?