कराँची । पाकिस्तानको विदेशमन्त्रीमा बिलावल भुट्टो जर्दारी चयन हुनुभएको छ । पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का अध्यक्ष भुट्टो जर्दारीले विदेशमन्त्री पदको सपथ लिनुभएको हो । उहाँलाई पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले सपथ ग्रहण गराउनुभएको छ । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको उपस्थिति थियो ।
बिलावल पाकिस्तानका पूर्वप्रधानमन्त्री स्व. बेनजिर भुट्टो र पूर्वराष्ट्रपति आसिफ अली जर्दारीका सुपुत्र हुनुहुन्छ । सन् २००७ मा बेनजिर भुट्टोको हत्याको तीन दिनपछि बिलावललाई पाकिस्तान पिपुल्स पार्टीको अध्यक्ष बनाइएको थियो ।
३३ वर्षीय बिलावल भुट्टो सन् २०१८ मा पहिलोपटक सांसद निर्वाचित हुनुभएको थियो । उहाँ पहिलोपटक मन्त्री पदमा बस्नुभएको हो । इमरान खानको सरकारको पतनपछि पाकिस्तानमा पिएमएल (नवाज) का शाहबाज सरिफको नेतृत्वमा गठबन्धन सरकारले सत्ता हातमा लिएको छ । पाकिस्तान पिपुल्स पार्टी यो गठबन्धन सरकारको महत्वपूर्ण सहयोगी हो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल