काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले यातायात क्षेत्रका समस्या समाधान गर्नका लागि यातायात विकास प्राधिकरण बनाउन पहल गर्ने बताउनुभएको छ । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको शपथ ग्रहण तथा पदस्थापना समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष दाहालले गाडीको २० वर्षे अवधि राख्नु अवैज्ञानिक भएको भन्दै गाडीको अवस्था हेरेर त्यसको अवधि निर्धारण हुनुपर्ने बताउनुभयो । उक्त विषयको नीतिगत निर्णय गरेर कार्यान्वयन गराउन शुक्रबार बस्ने गठबन्धनको बैठकमा ठोस प्रस्ताव लैजाने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले यातायात व्यवसायी, यातायात मजदुर र राज्य तीनवटै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै यातायात क्षेत्रमा देखिने समस्या समाधानका लागि आफू सधैँ तयार रहेको बताउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल