दुर्घटनामा एक जनाको मृत्यु, १२ गम्भीर

Read Time = 2 mins

ध्रुवसागर शर्मा/म्याग्दी

हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ गाउँपालिका-१ मा बिहीबार दिउँसो तीर्थयात्री बोकेको यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १२ जना यात्रु सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनी मोडमा ना ५ ख २१४९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवार ३८ जनामध्ये १२ यात्रु गम्भीर घाइते भएका बताइएको छ । बस दिउँसो ४ बजे दुर्घटना भएको थियो ।

विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका सहायक सिडिओ तथा सूचना अधिकारी रामचन्द्र ढकालका अनुसार दुर्घटनामा परी स्कुटरमा सवार ३८ वर्षीया महिलाको ज्यान गएको हो ।

‘प्रारम्भिक जानकारीअनुसार स्कुटरबाट झर्ने क्रममा बससँग ठोक्किएको भन्ने छ । सूचना अधिकारी ढकालले भन्नुभयो । बसमा ३८ जना सवार थिए ।

घाइतेहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अुनसार मुक्तिनाथ मन्दिर दर्शन गरी जोमसोमतर्फ फर्किदै गरेको बसले कागबेनी जाँदै गरेको ग७प ५७२ नम्बरको स्कुटीलाई अचानक ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । सोही बसको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको हो । तीर्थयात्रु सवार बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?