लक्ष्मीभक्त उपाध्याय अनुभवी र पाको नेता : अध्यक्ष ओली

Read Time = 2 mins

काठमाडौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लक्ष्मीभक्त उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

शुक्रबार शोक वक्तव्य जारी गर्दै उहाँले आजीवन कम्युनिष्ट आन्दोलन र पार्टीमा सक्रिय रहँदै योगदान दिने नेतामध्ये अग्रणी रहनुभएका उपाध्यायको निधनबाट कम्युनिष्ट आन्दोलनले पहिलो पुस्ताको पाको, अनुभवी अभिभावक र निरन्तर आन्दोलनमा लागिरहेको प्रतिबद्ध नेता गुमाएको बताउनुभएको छ ।

नेकपामा विभिन्न महाधिवेशन र सम्मेलनमा भाग लिनुका साथै संस्थापक महासचिव पुष्पलालको सामिप्यमा रहेर उहाँले निरन्तर कम्युनिष्ट आन्दोलनमा पु¥याउनुभएको योगदानको पार्टीले स्मरण गरेको अध्यक्ष ओलीले जारी गर्नुभएको वक्तव्यमा उल्लेख गरिएको छ ।

“हाम्रो पार्टी उहाँका समस्या योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँका सकारात्मक योगदान नयाँ पुस्ताका लागि प्रेरणादायी रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछ”, अध्यक्ष ओलीद्वारा जारी वक्तव्यमा भनिएको छ ।

उपाध्यायले विसं २००७ सालको क्रान्तिबाट आफूलाई राजनीतिमा संलग्न गराउँदै कम्युनिष्ट पार्टीका विभिन्न घटकको नेतृत्व तहमा रहेर काम गर्नुभएको वक्तव्यमा जनाइएको छ । उहाँ १९८७ साल वैशाख १२ गते तनहुँ जिल्लाको रिसिङ रामजाकोटमा पिता पूर्णकान्त उपाध्याय लम्साल र आमा विद्याकुमारी लम्सालको कोखबाट जन्मिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?