यांगुन । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल सजाय सुनाइएको छ । सेनाले शासन चलाइरहेको म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप पाँच वर्षको जेल सजाय सुनाएको हो ।
अदालतले भ्रष्टाचारको आरोपमा ७६ वर्षीया सुकीलाई दोषी ठहर गर्दै उक्त जेल सजाय सुनाएको बताइएको छ । यससँगै सुकीको समग्र जेल सजाय ११ वर्ष पुगेको छ । यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड-१९ विरुद्धको नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाएको थियो ।
सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोप छ । सुकीलाई न्यपेतस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाइपछि उक्त सजाय सुनाएको हो ।
अझै पनि सुकीमाथि थप १० ओटा भ्रष्टाचारका मुद्दा छन् । जसमा उहाँलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । सबै मुद्दामा सुकी दोषी ठहर भएको खण्डमा उहाँलाई १९० वर्षसम्मको जेल सजाय हुन सक्ने आँकलन गरिएको छ ।
सुकीमाथि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै मुद्दा लगाइएको छ । यद्यपि, उहाँले सबै आरोप अस्वीकार गर्दै आउनुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच