प्रदीप र सलोनी च्याम्पियन

Read Time = 4 mins

काठमाडौं । प्रदीप खड्का र सलोनी तामाङको जोडी आठौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा च्याम्पियन बन्नुभएको छ । प्रदीप र सलोनीको जोडीले प्रणव खनाल र अभिलाषा विष्टको जोडीलाई ७-६ र ६-३ को सोझो सेटमा पराजित गर्‍यो ।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा चन्द्र शाहीले रोहित सुनुवारलाई ६-३ र ६-४ को सिधा सेटमा हराउँदै पहिलो हुनुभयो । ५५ वर्षमाथि पुरुष डबल्समा कमल थापा र छ्याम्बा डुन्डुपले सुवर्ण धाक्वा र कृष्णराज घलेको जोडीलाई फाइनलमा ७-५, १-६ र १०-६ ले पाखा लगाउँदै शीर्षस्थानमा रहनुभयो ।

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्काले प्रणव मानन्धरलाई ७-५ र ६-३ तथा प्रणव खनालले सन्तोष खत्रीलाई ६-१ र ६-२ ले पन्छ्याउँदै फाइनलमा पुग्नुभयो । महिला सिंगल्समा सलोनी तामाङले सर्वानी श्रेष्ठलाई ६-१ र ६-४ तथा अभिलाषा विष्टले इशाश्री शाहलाई ६-२ र ६-४ को सेटमा निराश पार्दै स्वर्ण भिडन्त पक्का गर्नुभयो ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारीले दावा शेर्पालाई ६-३, ४-६ र १०-४ तथा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६-२ र ६-० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्नुभयो । ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४-२ र ४-१ तथा दीपक श्रेष्ठले भरत रायमाझीलाई ४-१ र ४-१ ले हराउँदै फाइनलमा स्थान पक्का गर्नुभयो । ५५ वर्षमाथि पुरुष सिंगल्समा विमल गुरुङले प्रदीपबहादुर शाहलाई ६-२ र ६-२ तथा निरञ्जनकुमार श्रेष्ठले ध्रुवबहादुर गुरुङलाई ६-४ र ६-१ को सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गर्नुभयो ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घलेको जोडीले राजु क्षेत्री र हेमराज ढकालको जोडीलाई ६-३ र ६-१ यज्ञबहादुर भण्डारी र रोहित सुनुवारको जोडीले शिवप्रसाद सेढाईं र विभु कायस्थको जोडीलाई ६-१ र ६-३ को सेटमा पराजित गरी फाइनलमा स्थान बनायो । ३५ वर्षमाथि पुरुष डबल्समा कमल भण्डारी र सुमित मैनालीको जोडीले राजु क्षेत्री र ईश्वर जिसीको जोडीलाई ७-५, ५-७ र १०-७ तथा दावा शेर्पा र जितेन्द्र परियारको जोडीले अनिल शाही र समिर शेरचनको जोडीलाई ६-३ र ६-१ को सेटमा हराउँदै फाइनलमा पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?