मानव सभ्यताको धेरै पुरानो चलनहरूमा नृत्य एक हो : गोविन्द प्रभात, नृत्य निर्देशक

Read Time = 13 mins

स्कुल पढदादेखि नै नृत्य भनेपछि हुरुक्कै हुने गोविन्द प्रभात यतिबेला नृत्यमार्फत नै आफ्नो पहिचान कायम गर्न सफल हुनुभएको छ । हालसम्म एक सयभन्दा बढी म्युजिक भिडीओ, विभिन्न भाषा भाषिका (थारू, गुरुङ, मगर, तामाङ, राजवंशी, नेवारी चलचित्रहरू करिब ३०, यस्तै, विज्ञापनहरूमा १५ भन्दा बढी र नेपाली तथा भोजपुरी चलचित्र र भारतीय भाषा भाषिका गरेर करिब २०० को हाराहारीका प्रस्तुतिमा उहाँले आफ्नो क्रियशन प्रस्तुत गर्नुभएको छ । नृत्यमा पोख्त प्रभात सुरुमा नृत्यकारमा रूपमा थुप्रै प्रस्तुतिमा आफूलाई संलग्न गराउनुभयो भने यसमा अझ नयाँ नयाँ प्रयोग गर्दै नृत्य निर्देशकका रूपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुभएको छ । मानव सभ्यताको धेरै पुरानो चलनहरूमा नृत्य पनि एक रहेको बताउनुहुने गोविन्द प्रभातसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

नृत्य क्षेत्रमा कसरी आउनुभयो ?
मेरो रुचिको क्षेत्र नै नृत्य हो । घरका सस्दयहरूले भन्नुभएको म सानो अवोध छँदादेखि नै मेरा हरेक हाउभाउ तथा क्रियाकलाप नृत्य हुन्थे रे । म जब बुझँदै गए स्कुल पढन थाले त्यसबेला सानोदेखि नै कलामा रुचि भएका कारण स्कुल तथा गाउँघरमा हुने विभिन्न कार्यक्रममा आफूलाई सहभागी गराउँथे । स्कुल सेन्टअप भएपछि कलेज पढ्दा पनि मभित्रको नृत्यको अंकुर अझ झागिंयो । मैले आफूमा निखार ल्याउन नृत्यसम्बन्धी विभिन्न तालिम लिए । पछि नृत्यसम्बन्धी कार्यक्रम गर्ने अनि चलचित्रमा समूह नृत्य कलाकार भएर काम गर्दै गए । यसैक्रममा नृत्य निर्देशक सहायक भएर काम गरें । आफैं अझ राम्रो निर्देशन गर्न सक्छु भने निर्देशन गर्न थाले ।

यहाँलाई यसक्षेत्रमा आउँनका लागि प्रेरित गर्ने कोही थिए कि ?
मैले माथि पनि मेरो सानैदेखिको अथवा अवोध बाल्यकादेखि नै म यो क्षेत्रमा हेलिएको थिए । यो क्षेत्रमा लाग्तका लागि प्रेरित गर्ने त त्यस्तो कोही हुनुहुनथेन । म आफैंभित्र एक खालको जुनुन थियो यो क्षेत्रलाई लिएर । मेरो प्रस्तुतिले वाहीवाही बटुलँदै गर्दा म यो क्षेत्रमा अझ केही राम्रो गरौं भन्दै अघि बढिरहे । विद्यार्थी कालदेखि नै धेरैले मेरो प्रस्तुतिहरू देखेर हौसाउँथे । ‘यही क्षेत्रमा लागिरहे भविष्यमा राम्रो बन्छस’ भनेर धेरै ले भन्नुहुन्थ्यो । यसैलाई नै प्रेरणा भन्नुपर्ला ।

कतिको गाह्रो काम हो यो नृत्य निर्देशन ?
मलाई के लाग्त भने हरेक काम आफैंलाई सजिलो गाह्रो हुन्छ । मुख्य कुरा के हो भने तपाईं हरेक कार्य फरक ढंगले सोचेर त्यसलाई त्यही अनुसारको मृतरूप दिन चाहनुहुन्छ भने अवश्य त्यसमा चुनौती हुन्छ नै । नृत्यमा पनि हरेक प्रस्तुतिमा हामीले केही नयाँ पन, केही फरकका साथै दर्शकलाई हेरौ हेरौ लाग्ने दिन सक्नुपर्छ यसका लागि केही चुनौती छ हुन्छ नै । फेरि पहिलाको प्रस्तुतिभन्दा अझ राम्रो कसरी गर्ने भन्ने हरेक प्रस्तुतिमा हुने गर्दछ । साथै हामीले संगीत, गीत, ताल, सुर, कथा, प्रविधि, कलाकारको शारीरिक भाषा, भेषभूषा, संस्कृति, इतिहास, भूगोललगायत विषय वस्तुमा केन्द्रित रहेर नृत्य निर्देशन गर्नुपर्ने हुन्छ । चलचित्रको फरक हुन्छ, मञ्चमा गरिने फरक हुन्छ । त्यसैले यो गाह्रोेका साथै एकखालको चुनौती पक्कै हुन्छ ।

नेपाल नृत्यको अवस्था कस्तो रहेको पाउनुहुन्छ ?
कहिलेदेखि नृत्य सुरु भयो भन्ने यकिन छैन । प्राकृतिकका हरेक चाल नृत्य हुन । हाम्रा हरेक हाउभाउ पनि नृत्य हुन् । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । परापूर्वकालदेखिका जीवित संस्कृतिमा नृत्य अनिवार्य मान्ने चलन पहिलेदेखि नै चलिआएको पाइन्छ । जुन सयौं वर्षसम्म यसको महत्वका कारण नै लोप भएका छैनन् । पूर्वीय दर्शनमा वैदिक साहित्यदेखि नै संगीत र नृत्यलाई महत्व दिने गरिएको पाइन्छ । तर, अहिले नृत्य र संगीतका मोडल फेरिएका भए पनि यसको महत्व घटेको छैन ।
हामीकहाँ लाखे नाचदेखि मारुनीसम्मका वान्की, सोई ढोले सोईदेखि अलारुदलसम्मका कम्मरका चलाईहरू अनि अहिलेका आधुनिक हिपहप, ब्रेक डान्स, सल्सालगायत अन्य थूप्रै नृत्य अभ्यास कतिको रुचि, कतिको पेशा अनि कतिको दैनिकी बनेका छन् । नृत्य अर्थात् सरल भाषामा नाच्नु, मानव सभ्यताको धेरै पुरानो चलनहरूमा नृत्य पनि एउटा चलन छ । तपाईंले सोध्नुभएको हामीकहाँ यसको अवस्था कस्तो छ भन्ने जहाँसम्म कुरा छ म त राम्रै भएको पाउँछु । फेरि पनि के कुरा पक्कै हो भने मुख्य त देशको मेरुदण्ड भनेको राजनीति हो राजनीति थितिमा चले अन्य क्षेत्रहरू राम्रै चल्छ । त्यसैले अहीले ठिकै छ त्यति नराम्रो छैन । सिर्जना हो सिर्जना राम्रो भए चल्छ नभए चल्दैन ।

यहाँका अहिलेसम्मका प्रस्तुतिमा के कस्ता रहेका छन् ?
मैले सुरुमा नृत्य र पनि यसको निर्देशकका रूपमा थुप्रै प्रस्तुति दिएको छ । मैले म्युजिक भिडिओ करिब एक सयभन्दा धेरै गरेंहुँला भने विभिन्न भाषा भाषिका (थारू, गुरुङ, मगर, तामाङ, राजवंशी, नेवारी चलचित्रहरू करिब ३० भन्दा धेरै गरको छु । यस्तै, विज्ञापनहरूमा करिब १५ भन्दा धेरै गरेको छु भने नेपाली, भोजपुरी चलचित्र र भारतीय भाषा भाषिका गरेर करिब दुई सयको हाराहारीमा पुग्यो होला ।

हामीकहाँ र मैथिली, भोजपुरी क्षेत्रमा काम गर्दा के फरक पाउनुभयो ?
मलाई त्यस्तो केही फरक लाग्दैन । तर बजेट केही कम धेरै हुन्छ । निर्माण गर्ने र निर्देशन गर्ने तरिका त सबै उस्तै त हो । प्रस्तुतिका दृष्टिकोणले हामीले अझ अब्बल क्रियशन गर्न सक्छौ भन्ने लाग्छ मलाई

कुनै पनि प्रस्तुति ‘हिट’ हुनका लागि नृत्य निर्देशकको भूमिका कस्तो रहन्छ ?
अवस्य पनि निर्देशकिय पक्ष अब्बल भए ‘हिट’ त हुन्छ नै । किनभने कतिपय गीतहरू त्यति राम्रो नहुँदा नहुँदै पनि निर्देशकले राम्रोसँग गर्‍यो प्राविधिकले र कलाकारले पनि राम्रो साथ दिए भने अवस्य सबैले मनपराउने खालको हुन्छ । भनाई छ नि एउटा राम्रो संगीतमा नृत्य गर्नेले राम्रो नृत्य प्रस्तुत गरेन भने सिंगो संगीत नै फितलो लाग्छ ।

यहाँ विभिन्न संघसंस्थामा नि रहेर सामाजिक कार्य गर्दै आउनुभएको छ होइन ?
हो, समाजका विभिन्न क्रियाकलापमा मैले आफूलाई संलग्न गराउँदै आएको छु । मलाई के लाग्छ भने यो हाम्रो सामाजिक दायित्व हो । विगत वर्षदेखि नै म चलचित्रसँग सम्बन्धित संघसंस्था नेपाल चलचित्र नृत्य संघमा वरिष्ट उपाध्यक्ष छु । यस्तै मेरो गृह जिल्ला पर्वतमा पैयूँ कला प्रतिष्ठानको अधक्ष्य पदमा रहेर त्याहाँको स्थानीय कला संस्कृति जगेर्ना गर्ने र कलाको माध्यम द्वारा समाज सेवा गर्ने गरिरहेको छु । यस्तै अन्य सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएको छ ।

यहाँले नृत्य र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदान स्वरूप थुप्रै मान सम्मान र पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ नि ?
म मान-सम्मान र पुरस्कारका लागि कहिल्यै पनि काम गर्दिन । म आफ्नो कत्वर्य के हो त्यसको ख्याल गरेर अघि बढछु । काम गर्दै जादा सबैले मन पराउनुभएको छ । र, राम्रो काम गर्दै जादा यो तपाईंले भनेको मान-सम्मान र पुरस्कार त्यसैमा जोडिएर आउँदो रहेछ । चलचित्र ‘बाटो मुनिको फूल’मा नृत्य निर्देशन गरे बापत दलितहरूको सञ्जाल संस्थाले सम्मान गरेको थियो । रोधी सिने अवार्ड चलचित्र ‘जीवनलीला’ बाट पाएको छु र डीसिने अवार्ड चलचित्र ‘मैना’बाट उत्कृष्ट अभिनेताको पाएको छु । यस्तै यस्तै अन्य केही छन् ।

तपाईं आफू संलग्न भएको क्षेत्रलाई अझ राम्रो बनाउन के कस्ता कार्य आवश्यक भएको देख्नुहन्छ ?
मलाई के लाग्छ भने यो सिंगो कला क्षेत्रलाई राज्यले विशेष ध्यान दिएर नीति नियमहरू निर्माण गरेर अघि बढेमा धेरै राम्रो हुन्छ । र, म विशेष नृत्य क्षेत्रको भएको हुनाले राज्यलाई नृत्यको विषयमा सम्झाउनु मन छ । हाम्रो नेपाली नृत्यलाई नीति नियम बनाई विद्यालय स्तरदेखि कलेज स्तरसम्म अतिरिक्त क्रियाकलाप अन्तर्गतको पठन-पाठन गराए हुन्थ्यो भन्ने छ । यसको कार्यन्वयन गर्न म आफ्नोतर्फबाट हरसम्भव प्रयास जारी राख्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?