राजनीतिक असर सेयर बजारमा

Read Time = 3 mins

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमले सेयर बजार पनि प्रभावित भएको छ । सोमबार सत्ताबाट नेकपा एमाले सरकारबाट बाहिरिएको छ । यस दिन दिनभरमा १४.३३ अंकले बढेको नेप्से अन्तिम समयमा ३.६५ अंकले घटेर २०२३.५४ अंकमा झरेको छ । नेप्सेमा दुई सय ५९ कम्पनीका ५१ लाख २० हजार आठ सय ८८ कित्ता सेयर एक अर्ब ८९ करोड ३७ लाख ३६ हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएका छन् ।

आइतबार दुई अर्ब ५२ करोड ५० लाखभन्दा बढीको कारोबार भएको थियो । कारोबारमा आएका १३ सूचकमध्ये होटल तथा पर्यटन, म्युचुअल फण्ड, निर्जीवन बीमा, व्यापार र अन्य गरी पाँच समूहगत परिसूचक बढेका छन् भने अरू सबै घटेका छन् । हिमालयन डिष्टिलरीको छ करोड ६८ लाख आठ हजार रुपैयाँको कारोबार भएको छ भने एनआइसी एसिया बैंकको पाँच करोड आठ लाख २८ हजार, अरुण भ्याली हाइड्रोपावरको चार करोड ७८ लाख १५ हजार, शिवम् सिमेन्ट्सको तीन करोड ६३ लाख ४८ हजार र अपि पावर कम्पनीको तीन करोड ६३ लाख तीन हजार रुपैयाँको कारोबार भएको छ । स्वावलम्बन लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ९.७३ प्रतिशतले बढेर १४ सय ८९ रुपैयाँ पुगेको छ ।

सामलिङ पावर ९.३५ प्रतिशत, तारागाउँ रिजेन्सी होटल ७.९६, उपकार लघुवित्त ७.२२, ओरियन्टल होटल ६.५०, प्रिमियर इन्स्योरेन्स ४.८६, बोटलर्स नेपाल (तराई) ४.३०, एनआइसी एसिया ब्यालेन्स फण्ड ३.९३, विशाल बजार कम्पनी ३.८४ र सिटिजन म्युचुअल फण्ड-१ को इकाई मूल्य ३.७४ प्रतिशतले बढेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सर्वाधिक ६.४३ प्रतिशत घटेर तीन सय ६५ रुपैयाँमा झरेको छ भने सिवाइसी नेपाल लघुवित्त ५.३३, समिट लघुवित्त ४.९०, छ्याङ्दी हाइड्रोपावर ४.६१, धौलागिरि लघुवित्त ४.४०, किसान लघुवित्त ३.८५, गोर्खाज फाइनान्स ३.७०, सनराइज ब्लुचिप फण्ड ३.६८, ग्रिन लाइफ हाइड्रोपावर ३.६४ र विन नेपाल लघुवित्तको ३.६१ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?