किभ । रूसी क्षेप्यास्त्र आक्रमणमा युक्रेनी पत्रकारको मृत्यु भएको छ । आक्रमणमा अमेरिकी लगानीमा सञ्चालित युक्रेनको रेडियो लिबर्टीकी ५५ वर्षीया पत्रकार भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उहाँ बस्ने भवनमा रूसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको जनाइएको छ । रेडियो स्टेसनकाअनुसार उहाँ हसिलो, दयालु र व्यावसायिक पत्रकार हुनुहुन्थ्यो ।
उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रूसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रूसी हमला भएको थियो ।
गत फेब्रअरी २४ देखि रूसले युक्रेनमा सैन्य हमला गरेपछि करिव ५० लाख युक्रेनी नागरिक शरणार्थी जीवन बाँचिरहेका छन् । करिव ७१ लाख नागरिक आन्तरिक रूपमा बसाइसराइ गर्न बाध्य भएका संयुक्त राष्ट्रसंघले जनाएको छ । यस युद्धले करिव एक करोड ३० लाख नागरिकलाई प्रत्यक्ष प्रभावित पारेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :