संयुक्त राष्ट्रसंघद्वारा काबुलको मस्जिदमा भएको ‘घातक विष्फोट’को निन्दा

Read Time = 3 mins

न्यूयोर्क । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको राजधानी काबुलमा रहेको सुफी मस्जिदमा भएको ‘घातक विष्फोट’ को निन्दा गरेको छ । विष्फोटमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो भने १५ भन्दा बढी घाइते भएका छन् ।

शहरको पश्चिममा दारुलमान क्षेत्रमा अवस्थित खलिफा साहिब मस्जिदमा भएको विष्फोट राजधानी र प्रान्तहरूमा नागरिक लक्ष्यहरूमा भएका शृंखलाबद्ध आक्रमणहरूमा सबैभन्दा पछिल्लो घटना हो । संयुक्त राष्ट्रसंघ समाचारका अनुसारस्थानीय अस्पतालहरूले धेरै हताहतको आँकडा प्रस्तुत गरेका छन् । जसमा दर्जनौं मारिएका र घाइते भएका छन् । ती मध्ये धेरै बालबालिका छन् ।

गैरसरकारी संस्था इमर्जेन्सीद्वारा सञ्चालित एउटा अस्पतालले मात्र २० जनाभन्दा बढी पीडितलाई भर्ना लिएको थियो जसमध्ये दुईजनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ मानवीय संयोजक रमिज अल कबारोभले एक विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘रमजानको पवित्र हप्ताको अन्तिम शुक्रबार भएको विष्फोट अफगानिस्तानका जनताका लागि अर्को पीडादायी प्रहार हो जो निरन्तर असुरक्षा र हिंसाको सामना गरिरहेका छन्’, उहाँले अगाडि भन्नुभएको छ, ‘आफ्नो दैनिक काम प्रार्थनाका लागि भेला हुने, विद्यालय वा बजार जाँदा वा कामको बाटोमा जाँदा नागरिकलाई अन्धाधुन्ध रूपमा निशाना बनाइनु अनुचित हो ।’

बिहीबार, उत्तरी अफगानिस्तानको मजार-ए-शरीफ सहरमा दुईवटा मिनी बसहरूमा भएका छुट्टा-छुट्टै विष्फोटमा कम्तीमा नौजनाको मृत्यु भएको थियो भने१५ जना घाइते भएका थिए ।

अल कबारोभले नागरिक र मस्जिदलगायत नागरिक पूर्वाधारविरुद्ध प्रत्यक्ष आक्रमण गर्न अन्तर्राष्ट्रिय मानवीय कानुनले कडा रूपमा निषेध गरेको स्मरण गराउनुभएको छ । रासस-एएनआई

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?