गार्डेन मार्टको शाखा चाउथेमा पनि

Read Time = 2 mins

पोखरा । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले पोखरा महानगरपालिका १४ स्थित चाउथेमा गार्डेन मार्टको १७औँ शाखा सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघ पोखराका प्रथम वरिष्ठ उपाध्यक्ष पवन प्रजापतीले शनिबार एक कार्यक्रमबीच मार्टको नयाँ शाखा उद्घाटन गर्नुभयो ।

मार्टको सञ्चालनले स्थानीयलाई किनमेलको नयाँ अनुभवका साथै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्ने उहाँले बताउनुभयो । मार्टमा चामल, चिनी, दाललगायत दैनिक उपभोग्य वस्तु, सबै उमेर समूहका लत्ताकपडा, बालबालिकाका लागि खेलौना, महिलाका लागि शृंगारका सामग्री, फ्रिज, वासिङ मेसिनलगायत होम एम्पलाइन्सेजका सामग्रीसमेत रहेको सहकारीका अध्यक्ष ससशिल बानियाँले जानकारी दिनुभयो ।

उक्त सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लहान, नारायणगढ, हेटौंडा, बुटवलको जोगिकुटी, नेपालगञ्जको न्युरोड, वीरेन्द्रनगर, धनगढी, डडेलधुरा, घोराही, बाँकेको चाँदनी चोकमा पनि गार्डेन मार्ट शाखा सञ्चालनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?