टेलिकमको आइसिटी डे अफर

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा नेसनल आइसिटी डे नामक अफर ल्याएको छ । यही वैशाख १९ गते अर्थात् मे २ तारिख मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­२०७९ का अवसरमा कम्पनीले अन लिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।

यो अफर वैशाख १८ देखि वैशाख २४ गतेसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएकोमा दिवसका अवसरमा ५० प्रतिशत छुटसहित ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

साथै दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्जमा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र पाँच सय तथा सोभन्दा बढीको एमपोस रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण अर्जेन्टिना, फुटबलको गौरव र इतिहासको छायाँ रौतहटमा युवकद्वारा आत्मदाह प्रयास पर्याप्त वर्षापछि किसान खेतमा, गगटेमा रोपाइँले समात्यो गति (तस्बिरहरू) प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विभिन्न प्रतिवेदन पेस हुने घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो सिँचाइ सुविधा पुगेपछि आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह सञ्चार गृहमा अवरोध गलत, दोषीमाथि अनुसन्धान र कारबाही हुनुपर्छ : मनिषा झा