टेलिकमको आइसिटी डे अफर

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा नेसनल आइसिटी डे नामक अफर ल्याएको छ । यही वैशाख १९ गते अर्थात् मे २ तारिख मनाइने चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस­२०७९ का अवसरमा कम्पनीले अन लिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।

यो अफर वैशाख १८ देखि वैशाख २४ गतेसम्म उपलब्ध हुनेछ । अफरअन्तर्गत तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ९९ रुपैयाँमा उपलब्ध हुँदै आएकोमा दिवसका अवसरमा ५० प्रतिशत छुटसहित ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

साथै दुई सय रुपैयाँदेखि चार सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्जमा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डाटा प्याक र पाँच सय तथा सोभन्दा बढीको एमपोस रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने दुई जिबी डाटा प्याक पनि उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?