नेपालविरुद्ध जिम्बाबे ‘ए’ को विजयी सुरुवात

Read Time = 3 mins

काठमाडौं । पाहुना टोली जिम्बावे ‘ए’ ले नेपालविरुद्धको टी-२० शृंखलामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा कप्तान टोनी मुनयोंगा र तडिवानाशे मरुमानीको अर्धशतक मद्दतमा जिम्बावे एले नेपाली टोलीमाथि ६ विकेटको सानदार जित हात पार्यो ।

जितका लागि १८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । उसका ओपनर तडिवानाशे मरुमानी ४१ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५६ रनको पारी खेल्नुभयो । यस्तै कप्तान टोनी मुनयोंगाले २३ बलमा ७ छक्कासहित ५० रन बनाउनुभएको थियो ।

त्यसअघि जिम्बावे एका ओपनर इन्सेन्ट कैयाले ३० बलमा ९ चौकासहित ४७ रन जोड्दै राम्रो सुरुवात दिलाउनुभएको थियो । पहिलो विकेटका लागि मरुमानी र कैयाले ८.४ ओभरमा ७३ रनको साझेदारी गरेपछि पाहुना टोली जिततर्फ अग्रसर बनेको थियो ।

त्यसपछि मरुमानी र टोनीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गर्दै जित पक्का गर्नुभयो । नेपालका बसिर अहमदले ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट हात पार्नुभयो ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनायो । नेपालका लागि आदील अन्सारीलेले सर्वाधिक ४७ रनको योगदान दिनुभयो । उहाँले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रन जोड्नुभएको थियो ।

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाउनुभयो । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाउनुभयो भने आसिफ शेख ९ रनमा आउट हुनुभयो । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहनुभएको थियो ।

बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १/१ विकेट लिनुभयो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ टोली सँग उक्त सिरिज खेलिरहेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?