भासिएको आँबुखैरेनीमा तत्काल सडक नखुल्ने, दुई पुरुषको शव फेला

हिमालय टाइम्स
Read Time = 2 mins

तस्बिर : रासस

तनुहँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो ।

उक्त स्थानमा आबुखैरेनीबाट मुग्लिन तर्फ जाँदै गरेको कार अन्दाजी २०० मिटर तल मर्स्याङ्दी नदीको खोचमा खसेको थियो । उक्त भेटिएको शव गाडीको हो वा अन्य व्यक्तिको हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त क्षेत्रको नदीमा खोजीकार्य गरिरहेको छ । त्यहाँ मोटरसाइकल र अन्य काजगपत्रहरू पनि फेला परे छन् ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।

सडक भासिदा सवारी साधनलाई पोखरा र मुग्लिनमै रोक्न लगाइएको छ । अबरुद्ध सडक तत्काल खुल्न सक्ने अवस्थामा नरहेको घटनास्थलमा खटेको प्रहरीले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?