विष्णुपुर गाउँपालिकाकाे अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

Read Time = 1 min

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी हुनुभएको छ ।

अध्यक्ष यादवले दुई हजार एक सय ५१ मत ल्याउनु भयो । उहाले ३४ मतले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार एक सय १७ मत ल्याउनु भयो ।

यस्तै, उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मत ल्याएर विजयी हुनुभयो  । उहाँकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार नौ सय ६९ मत पाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?