अछाम । रामारोशन गाउँपालिकामा उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत गर्भवतीलाई कोसेली दिइएको छ । गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले घरघर पुगेर गर्भवतीलाई कोसेली दिनुभएको हो । उहाँले सात वडाका तीन सय जना गर्भवतीलाई कोसेली दिनुभएको हो ।
उहाँका अनुसार हरेक गर्भवतीलाई एक क्रेट अण्डा, दुई लिटर तेल, कोल्केट, व्रस, साबुन, नुन, निलकट, झोला लगायतका कोसेली दिइएको हो ।
उपाध्यक्ष रावल गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउनु खुसी भएको बाटुलासैनका रमिला विष्टले बताउनुभयो । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएको उहाँको भनाइ छ ।
उपाध्यक्ष रावलले गर्भवती मात्रै नभएर एकल महिला, गरिब महिला र दलित समुदायका महिलाई स्वारोजगार कार्यक्रमका लागि तालिम पनि दिनुभएको छ । पाँच बर्षको अबधिमा उहाँले प्रतिबद्धता अनुसार काम गरेको रामारोशनका जनताले बताएका छन् ।
उपाध्यक्ष रावलले सिलाइ कटाइदेखि प्रधामन्त्री रोजगार कार्यक्रममा समेटेर महिलालाई रोजगारी दिनुभएको छ । उपाध्यक्ष रावलले पाँच बर्षको कार्यकालमा जनताको साथमै रहेर जनताका आवश्यत्ता अनुसार काम गरेको बताउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच