न्यू मेक्सिकोमा भीषण आगलागी, कन्ससमा आँधीका कारण सयौं घरबारविहीन

Read Time = 3 mins

वासिंटन । संयुक्त राज्य अमेरिकाको न्यू मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यहाँ ९७ हजारभन्दा बढी एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीले बताएका छन् । सो क्षेत्रभर हावाको गतिले तीव्र गतिमा आगो लस भेगासतर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो । हावाको तीव्र प्रवाहले आगलागी अनुमानभन्दा छिटो भइलिरहेको बताइएको छ ।

‘सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो । हावाको तीव्र प्रवाहले आगलागी अनुमानभन्दा छिटो फैलिरहेको छ । यो तीव्रता जारी रहनेछ’, सान्ता फे नेसनल फरेस्टका आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पिकमा उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ । आगो नियन्त्रणमा ल्याउन एक हजार २० जना अग्निनियन्त्रक जुटेका छन् । न्यू मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएको छ ।

यसैबीच कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारविहीन भएका छन् । भारी वर्षापछि आएको आँधीले घरका छतहरू उडाउनुका साथै सयौं घर ध्वस्त भएका छन् । आँधी प्रभावित क्षेत्रहरूमा सयौं सवारीसाधन समेत नष्ट भएका छन् । आँधी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कन्सस राज्यलगायत अयोवा, मिसौरी र नेब्रास्कामा जनता पनि आँधीको चपेटामा परेका छन् ।

हावा हुरीले ती शहरहरूको बिजुलीको पोल ढाल्नुका साथै यातायात सेवासमेत अवरुद्ध भएको छ । यसैगरी अमेरिकाको बिचिटा शहरमा मात्रै एक सयवटा संरचनासमेत ध्वस्त भएका छन् । आँधी प्रभावितको उद्धारका लागि सयौंको संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?