प्रदर्शनरत बलिउडका दुई चलचित्रको व्यापार न्यून

Read Time = 3 mins

मुम्बई । पछिल्लो समय कोरोना कहरको प्रभाव हटेपछि विश्व बजारको चलचित्र उकासिँदै गएको छ । हलिउड, बलिउडदेखि कलिउडसम्म हलमा दर्शकको संख्या भरिभराउन देखिँदै गएको छ । नेपालमा मात्रै गएका महिनायता नेपालीसँगै विदेशी चलचित्र हेर्न दर्शक भरिभराउ थिए ।

विशेषगरी नेपालको सन्दर्भमा कोराना कहरयता दक्षिण भारतीय चलचित्र प्रदर्शन हुन थालेसँगै हलमा दर्शकको संख्या भरिन थालेको थियो । यस्तै यसैसाताको शुक्रबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘केजीएफ २’ले दर्शक बटुलिरहेको अवस्थामा बलिउडका नयाँ दुई चलचित्र ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ गएको शुक्रबारबाट प्रदर्शनमा आए । यी दुई चलचित्र बक्सअफिसमा निरीह देखिएका छन् । ट्रेलरले दुवै चलचित्रप्रति अपेक्षा चुल्याएको भए पनि दर्शकले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । जसले गर्दा दुवै फिल्मले बक्सअफिसबाट लगानीको ५० प्रतिशत उठाउने सम्भावना न्यून देखिएको छ ।

अभिनेता टाइगर श्राफको स्टारडमले चलचित्र ‘हिरोपन्ती २’ कमाइमा बलियो हुने धेरैको आँकलन थियो । त्यसमाथि ट्रेलर जबर्जस्त थियो । तर, चलचित्रले बक्सअफिसमा कमजोर ओपनिङ गरेको छ । पहिलो दिन सात करोड कमाएको चलचित्रले दोस्रो दिन झन् कमजोर व्यापार ग¥यो । शनिबार चलचित्रले ५ करोड ५० लाख कमायो । चलचित्रको दुई दिने कमाई १२ करोड ५० लाख पुगेको छ ।

त्यस्तै, अभिनेता अजय देवगन अभिनीत चलचित्र ‘रनवे ३४’को व्यापार ‘हिरोपन्ती २’को भन्दा कमजोर छ । चलचित्रले पहिलो दिन पाँच करोड २५ लाख र दोस्रो दिन तीन करोड ५० लाख गरी जम्मा आठ करोड ७५ लाख कमाएको छ । दुई बलिउड चलचित्रलाई प्रदर्शनको पहिलो हप्ता पाँच करोड कमाउन पनि मुश्किल पर्दा ‘केजिएफ २’ले तेस्रो हप्तामा समेत ७–८ करोडमाथिको कमाई गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?